काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
नेपाली सेना जनसम्पर्क निर्देशनालयका अनुसार मङ्सिर २५ गते निकुञ्जको पानीमुहान भन्ने ठाउँबाट शिवपुरी हाइटसम्म जानेक्रममा बेपत्ता भएका तीन जनालाई सेनाले उद्धार गरेको हो।
जंगलमा हराएका दुई युवती र १ युवकलाई सेनाले उद्धार गरेको हो ।
बाटो बिराएकाका आफन्त र परिवारले दिएको जानकारी अनुसार चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले मध्यरातमा उद्धार गरेको हो ।
बेपत्ता तीन जनालाई सेनाले शिवपुरी पिक इलाकामा फेला पारेर सकुशल नेपाल प्रहरीलाई बुझाएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्