काठमाडौं । प्रहरी वृत्त जनसेवामा कार्यरत एक प्रहरीकर्मीमाथि कुटपिट गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ परेकामा काठमाडौं महानगरपालिका–२० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार जेनजी आन्दोलनकै दिन कार्यालयबाट खटिएका प्रहरीलाई दुबै जनाले घेराउ गर्दै कुटपिट गरेको आरोप लागेको छ।
पक्राउ परेकामध्ये नीरज चित्रकारमाथि यसअघि पनि ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलिसकेको उनले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























आफ्नो प्रतिकृया दिनुहोस्