काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित पूर्व निर्देशक मुरारी भण्डारी र अन्य व्यक्तिहरूलाई आरोपित गर्दै मुद्दा दायर गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार यस मुद्दामा प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ।
कुल ७ जनालाई प्रतिवादी बनाइएको यो मुद्दा भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा दायर भएको हो।




























आफ्नो प्रतिकृया दिनुहोस्