काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मूल्य ११० रुपैयाँले बढेर ३ हजार ६ सय ५५ रुपैयाँ प्रतितोला निर्धारण भएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ५४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्