काठमाडौं। नेपालले एसीसी यु–१९ प्रिमियर कपको उपाधि हात पार्न १४८ रनको सामान्य लक्ष्य पाएको छ ।
यूएईले पहिले ब्याटिङ गर्दै ४५.५ ओभरमा १४७ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।
युएईका लागि खूदादादले ७१ रनको पारी खेलेका थिए । त्यस्तै अयोबीले २६ रन बनाउँदा मिस्बाहकले ११ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालका लागि दयानन्दमानले ६ विकेट लिएका थिए ।




























आफ्नो प्रतिकृया दिनुहोस्