काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रनमा रोकियो ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ३५, दिलिप नाथ ३१, सुमित महर्जन र डार्सी शर्टले १८–१८ रन जोड्दातथा गुलबदिन नैब ११ रनमा आउट भए । रुबेन ट्रम्पलम्यान शून्यमा रनआउट भएका थिए ।
सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले तीन-तीन विकेट लिँदा हेमन्त धामीले दुई विकेट लिए ।




























आफ्नो प्रतिकृया दिनुहोस्