काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न औपचारिक स्वीकृति दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य अगाडि बढाउन अनुमति दिएसँगै नेपाल प्रहरीले ओ एन्ड एमको तयारी सुरु गरेको छ।
नेपाल प्रहरी केन्द्री कार्यालयका अनुसार, स्वीकृतिसँगै ओ एन्ड एमको काम औपचारिक रूपमा सुरु गरिएको छ। अब प्रहरीका दरबन्दीहरू मिलान गर्ने, आवश्यक नरहेको दरबन्दी कटौती गरी अन्य आवश्यक स्थानमा स्थानान्तरण गर्ने, अस्थायी कार्यालयका दरबन्दी स्थायी गर्ने लगायतका कामहरू सम्पन्न गरिनेछ।
यसअघि सशस्त्र प्रहरीमा पनि यस्तै दरबन्दी मिलान गरिएको थियो। तल्लो दर्जाका दरबन्दी कटौती गरेर तीन डिआइजीको दरबन्दी थप गरिएको थियो। त्यस्तै, अस्थायी कार्यालयहरूलाई स्थायी कार्यालयमा परिणत गर्ने कार्यसमेत गरिएको थियो।
ओ एन्ड एमको उद्देश्य प्रहरी संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनु रहेको नेपाल प्रहरीले जनाएको छ।




























आफ्नो प्रतिकृया दिनुहोस्