काठमाडौं । राजधानीको कान्तिपथमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं–२७ कान्तिपथमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक ओखलढुंगा जिल्ला, लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्का गम्भीर घाइते भएका थिए। खड्काको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
घाइते स्कुटरमा सवार अन्य दुईजनामध्ये एकको केएमसी अस्पतालमै र अर्का एक जनाको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा संलग्न कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




























आफ्नो प्रतिकृया दिनुहोस्