काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो ।
प्रहरीका अनुसार हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेको प्रहरीले जनाएको छ ।
गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका ४ जना सदस्यको शव सोमबार बिहान दुई वटा छुट्टाछुट्टै कोठामा परेको थियो।
दिनेशको शव एउटा कोठामा, सुनिता, आशिष र आशिकाको शव एउटा कोठामा थियो।
तीन जनालाई छुरा प्रहार गरी हत्या गरिएको छ।
प्रहरीका अनुसार परिवारको हत्यापछि पाण्डे आफूले आत्महत्या गरेको देखिएको छ। उनको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोभ समेत देखिन्छ।
वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार सधैं घरको झ्याल खुल्ला हुन्थे। आइतबार बेलुकाबाट झ्याल बन्द भएका थिए। अन्य दिन छोराछोरी बाहिरफेर गर्ने गर्थे।
‘बाहिर पानी परिरहेको थियो, यसकारण कसैले पनि वास्ता गरेनन्,’ वडाध्यक्ष खड्गीले भने, ‘सोमबार बिहान ढोका अवेरसम्म बन्द भएपछि स्थानीयले मलाई फोन गरे।’
खड्गीले सुरूमा प्रहरीलाई फोन गरेका थिए। ‘म पुग्दा प्रहरीसहित स्थानीयहरू भेला जम्मा भइसकेका थिए,’ उनले भने।
खड्गीका अनुसार श्रीमतीको छाती र पेटमा छुरा प्रहार गरिएको छ। छोराको पनि पेटमा छुरा प्रहार गरिएको छ। उनीहरूको शव सुतेकै ठाउँमा फेला परेको छ।
‘हेर्दा श्रीमती-छोराछोरीको हत्यापछि आत्महत्या गरेको देखिन्छ,’ ती प्रहरी अधिकृतले भने, ‘घटना कुनै बाहिरबाट छिरेर गराएको जस्तो शंकास्पद देखिएन, बाँकी घरायसी मामला के थियो, के कारण उनले घटना गराए भन्ने अनुसन्धानले देखिउँदै जाने विषय हो।’
प्रहरीसँग फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा खटिएको छ। उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्