बर्दिया। बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेका हुन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ वर्षीया छोरी यमुना परियार र नारायण बहादुर पुन मगरकी १६ वर्षीया छोरी अनिता पुन मगर शुक्रबारदेखि हराइरहेका थिए ।
बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीका अनुसार किशोरीहरु बर्दघाटमा फेला परेका छन् र उनीहरुको आफन्त पनि सम्पर्कमा आइसकेका छन्।
उनका अनुसार किशोरीहरुलाई कसैलाई जबर्जस्ती नभई आफै हिँडेको अनुमान गरिएको छ । ‘परिवारमा कुरा नमिलेपछि किशोरीहरु मिलेर घरबाट भागेको प्रारम्भिक अनुमान छ, अब उनीहरुसँग कुरा गरेपछि नै यथार्थ थाहा हुनेछ,’ एसपी कार्कीले बताएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्