एजेन्सी । ५ देखि ७ वर्षका बालिकाहरुलाई चक्लेटको लोभ दिएर बलात्कार गरेको अभियोगमा बिहारको लखीसरायको कजरा गाउँका एक जना पक्राउ परेका छन् ।
५० वर्षीय आरोपितले आफ्नो ती बालिकाहरुलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिएर बलात्कार गर्ने गरेको खुलासा भएको हो ।
पीडित परिवारको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले हाल ती व्यक्तिसँग सोधपुछका साथै उसको मानसिक अवस्थाको बारेमा पनि जाँच गरिरहेको छ ।
सोमबार साँझ दुई बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनीहरुले प्रकाश ताँती नाम गरेका व्यक्तिले गरेको दुष्कर्मको बारेमा बताएका थिए ।
यो खबर फैलिएसँगै सो क्षेत्रमा सनसनी मच्चिएको थियो । घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यहाँ पुगेर आरोपितलाई पक्राउ गरेको थियो ।
स्थानीयका अनुसार मार्च २० का दिन उनले अन्तिम पटक २ बालिकामाथि दुष्कर्म गरेका थिए । प्रहरीका अनुसार शुरुमा ८ जना बालिकाको परिवार प्रहरीमा उजुरी दिएका थिए ।
सोधपुछका क्रममा थप बालिकामाथि बलात्कारको उजुरी आएको छ । आरोपितले सबै बालिकामाथि १० देखि १० मार्चको बीच बलात्कार गरेका थिए ।
दैनिक भास्करबाट
आफ्नो प्रतिकृया दिनुहोस्