काठमाडौं । हानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ ।
शुक्रबार बिहान उनलाई काठमाडौंको ताहाचलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
उनीविरूद्ध बैंकिङ कसूरको चेक बाउन्स मुद्दामा गत माघमा महानगरीय प्रहरी वृत्त, मालीगाउँमा जाहेरी परेको थियो।
अदालतले पनि उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिसकेको थियो। पाँच लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि उनीविरूद्ध जाहेरी परेको हो।
महानगरीय प्रहरी वृत्त, कालीमाटीले उनलाई पक्राउ गरी शुक्रबार मालीगाउँमा बुझाएको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले म्याद थप गर्दैछ।
आफ्नो प्रतिकृया दिनुहोस्