काठमाडौं । दोहोरीमा गई मापसे गरेर संचार सेट हराएपछी महानगरीय प्रहरी कार्यालयले एकजना प्रहरी नायव निरिक्षक (सई)लाई निलम्बन गरेको छ ।
ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई धर्मराज घिमिरेलाई निलम्बन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
फागुन २४ मा ठमेलस्थित नगरकोट दोहोरीबाट मध्यरातमा निस्किएका सई घिमिरेले सो क्रममा प्रहरी संचार सेट हराएका थिए । दोहोरीबाट पछ्याएका दुईजना युवाले कुटपिट गरेर संचार सेट सहितको झोला लिएर भागेको उनको दाबी छ ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न भनिएका दुई युवालाई महानगरीय प्रहरी वृत्त सोर्हखुट्टेले पक्राउ गरि महानगरीय प्रहरी वृत्त जनसेवालाई जिम्मा लगाएको छ ।
धादिङ घर भएका नविन बाँस्तोला र सप्तरी घर भई ढल्कु बस्ने विशाल थापालाई प्रहरीले पक्राउ गरेको हो । सई घिमिरेले ति युवाले आफुलाई काष्ठमण्डप पछाडी आक्रमण गरेको बताएका छन् ।
संचार सेट टंकेश्वरको पुल मुनी विष्णुमती नदीमा शनिवार दिउँसो भेटिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्