काठमाडौं, चैत्र १ । ‘होप फर ह्युम्यानिटी नेपाल’को कार्यसमिटिद्वारा आयोजित प्राम्भिक साधरण सभा सम्पन्न भएको छ ।
शनिबार बालुवाटास्थित चियापानमा भएको प्रारम्भिक साधरण सभाको अबसर पारेर ‘होप फर ह्युम्यानिटी नेपाल’ले आफ्नो ९ जना सदस्य सहितको कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको अध्यक्षमा बिमला सिग्देल सापकोटा मनोनीत भएकी छन् ।
पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको प्रमुख आतिथ्यमा तथा रचनाकार सुदिप शर्मा, बाल सारथि आश्रम कि प्रमुख माला खरेल, सनराईज बैक की डाईरेक्टर शारदा शर्मा पुडासैनी, रोटरी क्लब अफ मातृभुमी का बोर्ड डाईरेक्टर अनुज थापा, जैन दिगम्बर मन्दिरका पुर्व अध्यक्ष पंकज जैन लगायतका विशिष्ट अतिथिहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको ‘होप फर ह्युम्यानिटि नेपाल’का सदस्यले बताए ।
‘होप फर ह्युम्यानिटी नेपाल’का संस्थापक समेत रहेका शम्भु प्रसाद अधिकारीको सभापतित्वमा प्रारम्भिक साधरण सभाको कार्यक्रम सम्मपन्न गरिएको हो ।
‘होप फर ह्युम्यानिटी नेपाल’ले रक्तदान कार्यक्रम, निःसुल्क खाना वितरण, अशहाय वृद्धवृद्धाहरुका लागि लत्त कपडा लगाएतका विभिन्न सामाजिक सेवाका क्षेत्रहरुमा विभिन्न योगदानहरु दिदैँ आएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्