काठमाडौं, चैत्र १ । राजधानीको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ ।
प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको हो ।
नास्टका सिनियर साइन्टिफिक अफिसर डा बुद्धराज शाह र साइन्टिफिक असिस्टेन्ट विपिन रिजालले गरेको परीक्षण यस्तो पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो ‘युरेनियम’ बरामद गरेको थियो ।
पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय नारायणसिंह तामाङ, रामेछापकै ५० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्