काठमाडौं, चैत १ । सिरहाको लाहानस्थित मालपोत कार्यालयको दोस्रो तल्लामा भएको विस्फोटमा परि कार्यालयका नायब सुब्बा शिवकुमार यादव सहित ८ जना घाइते भएको छ ।
घाइते हुनेहरुमा नायब सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फुलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर र दिनेश कुमार भण्डारी छन्।
उनिहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रदेश २ प्रहरी प्रमुख डिआईजी धीरजप्रताप सिंहले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्