काठमाडौँ, २९ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शूरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको छ ।
बैठकमा पार्टीको आगामी रणनीतिको बारेमा छलफल गर्ने बताइएको छ ।
शनिबारको स्थायी समिति बैठकले एमालेमा लागेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै सबै नेताहरुलाई आ–आफ्नो धार स्पष्ट पार्न निर्देशन दिएको थियो । त्यस्तै, एमालेमा लागेका नेताहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।
आजको बैठकमा ओली पक्षमा लागेका नेताहरुलाई कारवाही गर्ने बिषयमा निर्णय हुने बताइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्