काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेका वाग्मती प्रदेश इन्चार्ज चुनिएका छन् । शुक्रबार बालुवाटारमा भएको एमाले शीर्ष नेताहरुको छलफलबाट गृहमन्त्री बादललाई केन्द्रीय सदस्य मनोनित गर्दै वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय भएको हो ।
छलफलमा माधव कुमार नेपाल र झलनाथ खनाल पक्षलाई सहभागी गराइएको थिएन । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूपक्षीय नेताहरुलाई बोलाएर बादललाई बाग्मती प्रदेश इन्चार्ज बनाउने निर्णय गरेका हुन् ।
संसद विघटनपश्चात केपी ओली पक्षमा लागेका बादल तात्कालिन माओवादी केन्द्रका सांसद हुन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी अलगअलग भएतापनी ओलीपक्षमा रहेका माओवादी पृष्ठभुमिका नेताहरुले पूर्वपार्टीबाट राजीनामा गरेका छैनन् ।
यसअघि माओवादीसँग एकतापश्चात बनेको नेकपाका बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य थिइन् । संसद विघटनपश्चात माधव कुमार नेपाल समूहमा लागेर प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्षमा उत्रिएकी थिईन् ।
आफ्नो प्रतिकृया दिनुहोस्