काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट्र पाट्री नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा १० जना प्रहरी परिचालन गरेको छ।
स्रोतका अनुसार विप्लवको सुरक्षा थ्रेटलाई मध्यनजर गरेर १० प्रहरी परिचालान गरिएको हो।
दुई वर्षसम्म भूमिगत भएका विप्लव गत शुक्रबार मात्रै मूलधारको राजनीतिमा आएका थिए। सरकारसँग तीन बुँदे सहमति भएसँगै विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मूलधारको राजनीतिमा ल्याएका हुन्।
सरकारले केही समयअघि पूर्वप्रधानमन्त्री, पूर्वराजा र पूर्वमन्त्रीहरुको सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्