काठमाडौं । बझाङ प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मष्ट गाउँपालिका २ बस्ने झिल्के बुढा रजयपृथ्वी नगरपालिका ३ बस्ने सुपारी सुनार रहेका छन् ।
बुढा गाली बेइज्जती मुद्दामा २०६४ सालदेखि फरार थिए भने सुनार सार्वजनिक अपराधमा संलग्न भई २०७२ सालदेखि फरार रहेकी थिइन् । उनीहरु दुवै जनालाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्