काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठगेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । ०७७ मंसिर १९ मा अदालतको फैसलापछि उनि फरार थिए ।
०७४ असार २२ मा अदालतले १ लाख २८ हजार बिगो ठहर गरेको थियो । सो रकम तिर्न आनाकानी गरेपछि अदालतले फेरि उनलाई जेल सजायका फैसला गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्