काठमाडौंँ । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उच्चस्तरीय प्रतिनिधिबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार बिहान पहिलो चरणको वार्ता बसे लगत्तै साँझ नै दोस्रो चरणको वार्ता गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
वार्ता टोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् भने विप्लव नेकपाको तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउने रहेका छन् ।
दोस्रो चरणको वार्ता सकारात्मक निश्कर्षनजिक पुगेको वार्ता टोलीका सदस्य रहेका भट्टराईले जानकारी दिएका छन् । उनले दोस्रो चरणको वार्ता विषयकेन्द्रीत भएको र दुबै पक्ष समान धारण नजिक पुगेको र छिट्टै सकारात्ममक निश्कर्षमा पुग्ने बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्