दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ५५ वर्षीय लीलाबहादुर खत्री रहेका छन् ।
खत्रीलाई २०६१ साल चैत्र २९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले १५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
उनी हालसम्म भारतको चण्डिगढमा लुकिछिपी बसिरहेका थिए । आइतबार घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर १० राईखल्यानस्थित आफ्नै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवम् डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
उनलाई आजै दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्