कास्की। आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्। गत फागुन ९ गते राति जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३२ महकुना बस्ने बर्ष ५८ को जुम बहादुर कामीको उनकै छोरा ३४ बर्षीय रामकृष्ण कामीले चारपाटे काठको अग्लोले प्रहार गरि बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जीवन श्रेष्ठका अनुसार हालसालै मात्र बैदेशिक रोजगारीबाट घर फर्किएको छोरा नभेटेको बिषयमा बाबु छोराबीच विवाद भएको थियो।
सोहि विवादका बिचमा बाबुले मुखमा थुकेपछि रिसको झोंकमा ढोका बन्द गर्न प्रयोग हुने आग्लो प्रहार गरी बाबुको हत्या गरेको रामकृष्ण कामीले प्रहरी समक्ष बयान दिएका छन्। सुरुमा भर्याङबाट लडी मृत्यु भएको भनि सदगद गर्न लाग्दा प्रहरीको टोलीले शंका लागी थप अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा बाट खटिएको प्रहरी टोलीले घटनाको विषयमा बुझ्दै जाँदा मिति २०७७।११।०९ गतेको राती मृतकको बाबु छोरा बिच बिवाद भई झगडा हुँदा मृतकको छोरा रामकृष्ण कामीले चारपाटे काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको खुल्न आएको थियो।
सो हत्यामा संलग्न कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३२ महकुना बस्ने ३४ बर्षीय रामकृष्ण कामीलाई कास्की प्रहरीले पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान भईहेको बताएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्