काठमाडौं । विभिन्न व्यक्तिहरुलाई सामाजिक संजाल मार्फत बेलायतमा बसोबास गर्ने डाक्टर माईकल अलवर्ट भन्ने व्यक्तिले फोसबुक म्यासेन्जरमा साथी बनी ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
ह्वाट्स अप नम्बर+447424427648 उपलब्ध गराई सोही नम्बर मार्फत सम्पर्क गरी कुराकानी हुँदै जाँदा सुरुमा आईफोन पठाईदिने प्रलोभन देखाएको तर आईफोन नपठाई बिभिन्न उपहारका सामानहरु विदेश यु.के.बाट पठाइएको छ भनेका थिए ।
ठगी गर्ने ब्यक्तीले उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भने पश्चात भारतीय नम्बर+918729915869 बाट नेपाली भाषा बोल्ने महिलाले पिडितलाई पटक-पटक सम्पर्क गरी तपाईँको यु.के. बाट आएको पार्सल सामान भारतको दिल्लीमा आइपुगेको छ सो पार्सलमा विभिन्न बहुमुल्य सामानहरु पाउण्ड समेत भएको हुँदा भन्सार छुटाउनको लागि कर बापत रकम तिर्नुपर्ने र सो रकम तपाईँले नेपालस्थित एजेन्टहरुको खातामा जम्मा गरिदिनु वा तोकिएको व्यक्तिलाई भेटेर दिनु भनेकोसमेत पीडितले बताएका छन् ।
पिडितले विभिन्न व्यक्तिको खातामा नेपाली रकम १० लाख ७० हजार जम्मा गरेको र सो रकम मध्ये नेपाली पाँच लाख २० हजार रुपैया गंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा भेटेर बुझाएको बताएका छन् । पीडितको निबेदनका आधारमा प्रहरीले कारबाही चलाउँदा ठगी गर्नेलाई पक्राउ गरी अनुसंधान गरिरहेको बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्