उदयपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-११ बस्ने २२ वर्षीय साईमन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साईमनले ती महिलालाई ललाई फकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्