काठमाडौं । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।
गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण बिहीबार सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कानुनले वर्जित गरेका अभिव्यक्ति उहाँले दिनुभएको देखियो, यसबारे के भएको हो त भनेर उहाँसँगै सोधपुछ गर्न लागेका हौं । उहाँलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको छ,एक प्रहरी स्रोतले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्