काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।
पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोही दिन आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा गरिएको थियो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भनेर सर्वोच्च अदालतमा १३ निवेदन परेका छन् । ती निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्