एजेन्सी । भारतीय सर्वोच्च अदालतले गत जनवरी २६ मा राजधानी नयाँदिल्लीमा भएको हिंसासम्बन्धी घटनामा सांसद शशि थरूर, पत्रकार राजदीप सरदेसाईलगायतको पक्राउमा रोक लगाएको छ ।
राजदीप सरदेसाई, शशी थरूर र विनोद के। जोस मंगलबार भएको सुुनुवाइमा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सांसद थरूरलगायतलाई पक्राउ नगर्न भन्दै अन्तरिम आदेश जारी गरेका हुन् ।
जनवरी २६ मा गणतन्त्र दिवसको अवसरमा हिंसा फैलाएको आरोपमा सांसद थरूर, पत्रकार सरदेसाई, नेसनल हेराल्डका समूह सम्पादक मृणाल पाण्डेय, उर्दू भाषाको अखबार कौमी आवाजका प्रधान सम्पादक जफर आगा र क्याराभान म्यागजिनका प्रधान सम्पादक तथा प्रकाशक परेशनाथ, सम्पादक अनन्त नाथ र कार्यकारी सम्पादक विनोद के जोसविरुद्ध हिंसा भड्काएको भन्दै इन्डियन पेनल कोडको विभिन्न धाराअन्तर्गत रहेर जाहेरी दर्ता गरिएको थियो ।
जाहेरीमा माथि उल्लेखित व्यक्तिहरुले गणतन्त्र दिवसको अवसरमा किसानले निकालेको परेडमा हिंसा भड्काएको, दुई समूहबीच शत्रुता उत्पन्न गराउने काम गरेको, शान्ति व्यवस्थामा खलल पुऱ्याएको बताइएको थियो ।
कांग्रेस सांसद थरूर र पत्रकार सरदेसाईसहित ८ जनाविरुद्ध ‘राजद्रोह’को आरोप प्रधानन्यायाधीश एसए बोबडेको नेतृत्वको तीन सदस्यीय इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि थरूरलगायतका व्यक्तिको गिरफ्तारी नगर्न दिल्ली प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
थरूरका तर्फबाट अदालतमा पेस भएका वरिष्ठ अधिवक्ता कपिल सिब्बलले निवेदनकर्ताविरुद्ध कुनै दण्डात्मक कारबाही नगर्न आदेश दिन माग गरेका थिए ।
वरिष्ठ अधिवक्ता सिब्बलको मागमा इजलासले निवेदनकर्ताहरुलाई केही पनि नहुने बताएका थिए । इजलासले भनेको थियो, ‘केही हुँदैन । खतरा कहाँ छ रु हामी दुई हप्तापछि फेरि तपाईँहरुका कुरा सुन्नेछौं । यसबीच गिरफ्तारीमाथि रोक लगाइएको छ ।’ इजलासमा प्रधानन्यायाधीश बोबडेसहित न्यायाधीशद्वय ए एस बोपन्ना र भी रामसुब्रमण्यम रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्