काठमाडौं । काठमाण्डौ महानगरपालिका-२२ सुन्धाराबाट अवैध संरक्षित वन्यजन्तु चितुवाको दाह्रा र टाउको भाग सहित ३ जनालाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।
शुक्रबार काठमाडौको सुन्धारा स्थित् काठमाडौं मल अगाडीबाट लमजुङ दुधपोखरी गाउपालिका-६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका-१२ घर भएको २० वर्षीय सुजन थिङ र सोहि ठाउँबस्ने १८ वर्षीय मिङमार मोक्तानलाई पक्राउ गरिएको हो ।
विषेश सुचनाका आधारमा पक्राउ परेका उनिहरुलाई खानतलासी गर्दा संरक्षित चितुवाको १ थान दाह्रा सहितको टाउकोको बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडीरहेको बेलामा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाण्डौ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्