मोरङ । विराटनगर महानगरपालिका अगाडिको चिया पसलमा तोडफोड गरेको अभियोगमा प्रहरीले सात जना प्रचण्ड-माधव नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आमहड्ताल उल्लंघन आरोपमा पसल तोडफोड गरिएको हो।
तोडफोडमा संलग्न सात जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूले महानगरपालिका गेटबाहिर रहेका दुई वटा सवारी साधन पनि तोडफोड गरेका छन्।
बन्द उल्लंघन गरेको भन्दै उनीहरूले चिया पसलमा गएर तेल पोखिदिएका थिए। बनाइएको खाजा पनि उनीहरूले पोखिदिएको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्