काठमाडौँ । आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
नेकपाका नेता र कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
झडपका क्रममा दाहाल–नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । प्रहरीले उनको टाउकोमा लाठा प्रहार गरेको हो ।
उनि सहित घाइते भएका अन्या कार्यकर्ताहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्