काठमाडौं । प्रचण्ड–माधव समूहले घोषणा गरेको आम हड्ताल सफल बनाउनका लागि सडकमा उत्रिएका नेता कार्यकर्ताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
काठमाडौँको कलंकीबाट प्रचण्ड–माधव समूहका नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन कार्यकर्तासहित सडकमा उत्रिएर नाराबाजी गरेको बेला प्रहरीले उनिसहित दर्जनौँ कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।
प्रचण्ड–माधव समूहले आमहड्तालको घोषणा गरेपछि सरकारले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्