सुनसरी । इनरूवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुर हतुवागडी गाउँपालिका-९ का २७ वर्षीय अर्जुन खड्का र धरानका २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली समेत चलाएको थियो। उनीहरूबाट प्रहरीले २ सय ५० किलो गाँजा, एक लाख ५४ हजार रुपैयाँ र खुकुरी बरामद गरेको हो।
प्रहरीले को १ च ९८५२ नम्बरको बोलेरो गाडीमा ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरबाट बुधबार बिहान २ बजे प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्