काठमाडौंं । प्रचण्ड(नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
सोमबार बसेको चौथौं केन्द्रीय समितिको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो। यस्तै आजको बैठकले विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयसमेत गरेको छ।
प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई पार्टीको साधारण सदस्य र पौडेललाई महासचिवबाट हटाउन गरेको प्रस्ताव बैठकले पारित गरेको हो।
गएको माघ ११ गते पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्