काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ। अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।
विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको हो। प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए।
निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्