एजेन्सी । म्यानमारको सेनाले नेतृ आङ सान सुकीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनलाई आफ्नै निवासबाट पक्राउ गरेको हो ।
सेनाले सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको संचारमध्यमहरुले जनाएको छ ।
केहि समयदेखि म्यानमारमा सेनाले कू गर्न सक्ने बताइएको थियो । नियन्त्रणपछि राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका सडकमा सेनाहरू गस्तीमा निस्किएका छन्, भने टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको बीबीसीले जनाएको छ ।
सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी)पार्टीले सरकार बनाउन पुग्ने बहुमत ल्याए पछि सेनाले उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो। तर म्यानमारको निर्वाचन आयोगले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्