काठमाडौं । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ।
यस्तै प्रधानमन्त्री ओलीसँगै चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई पनि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा उपस्थित हुन आदेश दिएको छ।
अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि ढुंगानाको इजलासले प्रधानमन्त्रीसहित चारजना पूर्वप्रधानन्यायधीश र पूर्वसभामुखलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।
पूर्व प्रधाननन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए।
यस्तै पूर्व सभामुख ढुंगानाले पनि अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थियो।
आफ्नो प्रतिकृया दिनुहोस्