नवलपरासी (पूर्व) । कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगन सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाग्लुङ, बाग्लुङ नगरपालिका-२ बस्ने २२ वर्षीय संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका-१ बस्ने २२ वर्षीय जिवन केसी रहेका छन् ।
ध.१ प ५६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्