विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा डिवि सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कायालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बुढीगंगा गाउँपालिका– ४ बाट ३२ वर्षीय विक पक्राउ परेका हुन् । उनी विप्लव समूहको मोरङ जिल्ला इञ्चार्ज पनि हुन् ।
शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची–कोसी ब्यूरो सदस्य थिए । ५४ वर्षीय शिक्षक श्रेष्ठको गत मंसिर २३ गते विहान हत्या भएको थियो । हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरी स्रोतका अनुसार शिक्षक श्रेष्ठलाई घरबाट लिएर जाने टोलीको अगुवाई विकले गरेका थिए । मोरङका दुईसहित अन्य पाँचजना फरार रहेको प्रहरीले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्