काठमाडौं । विरगंजबाट १०५ किलो अवैध लागु औषध गाँजा सहित ७ जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवापुर जिल्ला हेटौडा उपमहानगरपालिका-१९ बस्ने २४ वर्षीय बिजय तामाङ, सोही ठाउ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, सोहि ठाउ बस्ने १८ वर्षीय प्रभात तामाङ, धादिङ जिल्ला बेनिघाटरोराङ गाउँपालिका-१ बस्ने ३७ वर्षीय निरज लामा, चितवन जिल्ला राप्ति नगरपालिका-२ बस्ने ५० वर्षीय सानलाल तामाङ, मकवानपुर जिल्ला कैलाश गाउँपालिका-१० बस्ने २६ वर्षीय रामलाल गोले र पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका-३ बस्ने ५१ वर्षीय मिया अलाम रहेका छन् ।
गाँजाको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो, काठमाण्डौं तथा मातहत शाखा कार्यालय पर्सा बिरगंजबाट खटिएको संयुक्त टोलीले आईतबार विहान ४ बजे पक्राउ गरेको हो ।
बिरगंज महानगरपालिका-२१ लाल पर्सा गाउँ जाने बाटो सडक किनारमा शंकास्पद अवस्थामा रोकी राखेको ना.४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको मालसमान राख्ने ठाँउमा कालो त्रिपालले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ वटा रातो, सेतो प्लाष्टिकले बेरी लुकाई राखेको एक सय पाँच किलो गाँजा सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका ७ जनालाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्