विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१६ स्थित हुलाक चोकबाट अवैध लागुऔषध सहित २ जनालई लागुऔषध ब्युरो विराटनगरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहागरपालिका-२ बरगाछी बस्ने ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।
औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पुर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट कार भित्र मोबिलको गिलेनमा डाईलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ गिलेन, नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको हो ।
उनिहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्