कपिलवस्तु । बुद्धभूमी नगरपालिका-२ गोरुसिंगे जंगलस्थित सडकमा लु.१ ख ६३०७ नम्बरको टिपरले लु.५ प ९६३१ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २० वर्षीया निशा विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ४ नम्बर सामुदायिक अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक अर्घाखाँची सिदारा घर भएका २२ वर्षीय बम बहादुर विकको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्