काठमाडौं । प्रहरी नायब निरीक्षक (असई) सिकन्दरप्रसाद कानुविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरी, प्रहरी चौकी तिलाठीमा कार्यरत् असई कानुविरूद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गर्न कानुले सेवाग्राहीसँग घुस मागेको भन्ने अख्तियारले सूचना पाएको थियो।
सोही सूचना तथा उजुरीको आधारमा इटहरीबाट अख्तियारको टोली खटाइएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
त्यहाँबाट खटिएको टोलीले कानुलाई सेवाग्राहीसँग ५० हजार लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अख्तियारले उनीविरूद्ध ५० हजार बिगो कायम गरी सजाय दिन मागदाबी गरेको छ। कानुलाई भ्रष्टाचार गरेको अभियोगमा तीन महिनादेखि ४ महिना सम्म कैद सजाय दिन अख्तियारले माग गरेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्