काठमाडौं – नेपालस्थित भारतीय दूतावासमा कार्यरत गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) नेपाल प्रमुख अभिजित हल्दर आफ्नो कार्यकाल सकेर नयाँ दिल्ली फर्किने भएका छन् ।
तीन वर्ष अघि नेपाल आएका हल्दरको कार्यकाल यहि डिसेम्वर अन्त्यसम्म हो। उनको ठाउँमा भुटानको स्टेसन चिफ भट्नागर नेपाल आउन लागेका हुन्।
स्रोतका अनुसार साउथ ब्लकले भुटानका स्टेसन प्रमुखलाई नेपाल स्टेसनमा पठाउने निर्देशन भएको छ।आबको केहि दिनमा उनी काठमाडौं आउनेछन्।
यसैगरी दूतावासमा अहिले खाली रहेको चिफ सेक्युरिटी अफिसर (सिएसओ )मा पनि चाँडै नै नयाँ डीआईजि आईपिएस सिंह आउने भएकी छिन् । त्यहाँ कार्यरत डिआईजीको दुई महिना अघि नै सरुवा भएको थियो ।
हाल रअका सेकेन्ड म्यान स्टालिनले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वलसँग समन्वय गर्दै आईरहेका छन। स्टालिन आईजीपी स्तरका अधिकारी हुन्।
आफ्नो प्रतिकृया दिनुहोस्