काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)का राजनीतिक सल्लाहकार सुर्य सुवेदी पथिकले जिम्मेवारीबाट राजिनामा घोषणा गरेका छन् ।
बादल ओली समूहमा लागेपछि सुर्य सुवेदी पथिकले उनको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
उनले सामाजिक संजालमा भनेका छन्, ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु ।’
नेकपा दुई समुहमा विभाजन भएपछि तटस्थ बसेका गृहमन्त्री बिहीवार ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । प्रधानमन्त्री ओलीसँग बुधबार साँझ भएको भेटपछि नै उनले ओलीलाई सहयोग गर्ने भएका हुन् ।
यसअघि मोहन वैद्य समूहबाट माओवादी केन्द्र हुँदै नेकपा सम्म आइपुगेका अधिकतम केन्द्रीय सदस्यहरु भने प्रचण्ड–माधव समूह तर्फ नै रहेका छन् । पुरानो पार्टीबाट आएका सबै केन्द्रीय सदस्यहरुलाई छोडेर उनिमात्र ओली समूहमा लागेका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्