काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शन कुन दिनदेखि गर्ने भन्ने विषयको निर्णय भने भोली हुने बैठकले गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति मार्फत पुष ५ गते गराएको संसद विघटनलाई नेपाली काँग्रेसले यसअघि नै असंवैधानिक भएको निर्णय गरिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्