काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको कार्की पार्टी प्यालेस बबरमहलमा केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।
स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको निर्णय गरिने बताइएको छ।
ओलीलाई कारबाही गरेको जानकारी यो समूहले निर्वाचन आयोगलाई पनि दिइसकेको छ।
यो समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई बनाउने तयारी गरेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्