काठमाडां । देशका विभिन्न स्थानबाट एकैदिन ३ वर्षीय बालक सहित ५ जना मृत फेला परेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बत्तिसस्थित झुम्का नहरमा सोही ठाउँ बाङगे बस्ने ६२ वर्षीय खड्ग बहादुर कटुवाल आइतबार दिउँसो मृत फेला परेका छन् ।
शनिबार घाँस काट्न भनी घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन् ।
त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिका-६ मुलापानी बस्ने ४५ वर्षीय भीम बहादुर श्रेष्ठ आइतबार दिउँसो सोही ठाउँस्थित चरी भीरमा मृत अवस्थामा फेला परेका छन् ।
बुधबार घरबाट पैसा असुली गर्न जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
यसैगरी अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-९ ढिकुरा बस्ने ४२ वर्षीया ईन्दिरा कुँवर सोही ठाउँस्थित भिरबाट लडेर आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।
घर नजिकै रहेको आफ्नै खरयानमा घाँस काट्न भनी गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।
त्यस्तै रुपन्देहीको देबदह नगरपालिका-११ कम्दिहरपुरस्थित पाठक ईट्टा भट्टामा लेवर काम गर्ने ओमसतीया गाउँपालिका-६ बस्ने ३८ वर्षीय मोहन कहार उक्त ईटाँभट्टाको कम्पाउण्डभित्र आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काभ्रेको पाँचखाल नगरपालिका-८ चौउन्न किलोस्थित चाहखोलाको छेउमा मण्डनदेउपुर नगरपालिका-१ चन्दने बस्ने नवराज दमाईको छोरा ३ वर्षीय सरोज दमाई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार आमा सुनिता बर्देबासँग मामाघर सिन्धुपाल्चोक मेलन्ची गई घरतर्फ फर्कने क्रममा सरोज उक्त स्थानबाट हराएको भन्ने बुझिन आएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्