काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।
संविधान निर्माण गर्दा पाँच वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान भएपनि प्रमानमन्त्री ओलीले लहडमा संसद विघटन गरेको उनको भनाई छ ।
‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ,’ उनले ट्विटरमार्फत भनेका छन् ।
आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्